कपिलवस्तु । त्रिशक्ति सामुदायिक वन उपभोक्ता समुह बाणगंगा ८ कपिलवस्तुको अध्यक्षमा नाथुराम चौधरी निर्वाचित हुनुभएको छ । वनको ७ औं अधिवेशन अन्तर्गत सम्पन्न निर्वाचनमा नेपाली कांग्रेस र राप्रपाको प्यानलका अमर बहादुर बस्नेतलाई पराजित गर्दै नेकपा (एमाले) का तर्फबाट उम्मेद्वार बनेका चौधरी निर्वाचित हुनुभएको हो । निर्वाचित चौधरीले ४ सय ७३ प्राप्त गर्नुभएको थियो निकटम प्रतिद्धन्दी बस्नेतले ४ सय ३१ मत प्राप्त गर्नुभएको हो ।

यता स्वतन्त्र अध्यक्ष पदका उम्मेद्वार हेमन्त बेल्बासेले ३८ मत मात्र प्राप्त गर्नुभएको हो । सचिवमा बस्नेत प्यानलकी भगवता बेल्बासे (पौडेल) निर्वाचित हुनुभएको छ । निर्वाचित पौडेलले ४ सय १९ मत प्राप्त गर्नुभयो भने निकटम प्रतिद्धन्दी तुल्सा पन्थीले ४ सय १३ मत प्राप्त गर्नुभयो ।

षाध्यक्षमा चौधरी प्यानलकै मिना पौडेल ४ सय ५१ मत सहित निर्वाचित हुनुभएको छ भने उहाँकी निकटतम प्रतिद्धन्दी चन्दा भट्राईले ४ सय १० मत प्राप्त गर्नुभयो ।

सह सचिव पदमा चौधरी प्यानलकै सरस्वती शाही निर्वाचित हुनुभएको निर्वाचन मण्डलका संयोजक बाबुराम अर्यालले लुम्बिनी दर्पणलाई जानकारी दिनुभएको छ । उक्त बनमा १ हजार १ सय १३ मतदाता रहेकोमा ९ सय ९९ मत खसेको बताईएको छ ।