कपिलवस्तु । अनेरास्ववियु नेपाल आदर्श बहुमुखी क्याम्पस शिवपुरले आज हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । नेकपा एमाले शिवराज नगर कमिटी अध्यक्ष महादेव पाेख्रेलकाे प्रमुख आतिथ्यता र अनेरास्ववियु कपिलवस्तु जिल्ला अध्यक्ष निशान खड्काको विशिष्ट आतिथ्यतामा उक्त कार्यक्रम भएको हो । उक्त प्रतियोगितामा ७ समुहले प्रतियोगितामा भाग लिएका थिए ।
उक्त हाजिरीजवाफ प्रतियोगितामा प्रथम,द्वितीय र तृतीय हुनेले मेडल,प्रमाणपत्र पाएका थिए। उक्त क्याम्पसकाे क्याम्पस कमिटी अध्यक्ष लक्ष्मी कार्किकाे अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि महादेव पाेख्रेलले अनेरास्ववियु शैक्षिक आन्दोलनको एक अगुवा संगठन भएको बताउँदै अनेरास्ववियु सधैँ विद्यार्थीको हक हितका निम्ति विभिन्न खालका रचनात्मक कार्यक्रमहरु गर्दै आएको बताए । त्यसैगरी विशिष्ट अतिथि निशान खड्काले अनेरास्ववियुले देशभर विभिन्न खालका शैक्षिक कार्यक्रम गर्दै आएको समेत जानकारी गराउदै विद्यार्थीका क्षमता विकाससँगै रचनातमक शैक्षिक कार्यक्रमहरु गदै आएको बताए ।
कार्यक्रममा अनेरास्ववियु जिल्ला सह सचिव पशुपति गिरी,सह सचिव आश्विन के.शी,नेकपा एमाले शिवराज नगर कमिटी सदस्य अर्जुन बेल्वासे,स्ववियु सभापति ,क्याम्पस प्रमुख ,प्रध्यापक र अन्य विद्यार्थी नेताहरूकाे उपस्थिति रहेको थियाे। उक्त कार्यक्रमकाे सञ्चालन विद्यार्थी तथा युवा नेता केशव बेल्बासेले गरेका थिए।