कपिलवस्तु । नेपालको संविधानले महिलालाई दिएको अधिकारका कारण पनि बिस्तारै सबै तहमा महिलाहरुको पहुँच बढ्दै गएको लुम्बिनी प्रदेश सभा सदस्य सुधाकर पाण्डेले बताउनु भएको छ। दलित सामाजिक बिकास केन्द्रले आयोजना गरेको आत्म निर्भर अवधारणा सिकाई कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उहाले यस्तो बताउनु भएको हो । साथै उहाले दलित सामाजिक केन्द्रले महिला सशक्तीकरण तथा बाल अधिकारको छेत्रमा गरेको कार्यप्रसम्सा समेत गर्नु भयो ।
यस्तै कार्यक्रममा यसोधरा गाउपलिका उप प्रमुख गुन्जा देबि मौर्याले बोल्दै महिला दिदी बहिनीका छमता बिकासका लागि विभिन्न कार्यक्रम सन्चालन गर्दै आएको र आगामी दिनमा समेत बजेट बिनियोजन गर्दै आउने प्रतिबद्धता जनाउनु भयो ।
कार्यक्रममा पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य सरिता थारुले संस्थाले महिलाको आर्थिक , सामाजिक र राजनैतिक सशक्तीकरणका लागि खेलेको भुमिका सर्हानिय रहेको औल्याउनु भयो ।
कार्यक्रममा यशोधरा गाउँपालिका वडा न १ का वडाअध्यक्ष अब्दुल कयुम,शिक्षक अमित कुमार पान्डे,लगायतले आफ्नो धारणा राख्नुभएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिती प्रमुख बाबुरामआचार्य , प्रमुख जिल्लाअधिकारि विश्वप्रकाशअर्याल , पत्रकार महासंघ जिल्ला शाखा उपाध्यक्ष खग प्रसाद चापागाई विभिन्न संघसंस्थाका पमुखप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा हाल सम्म गरेको गतिविधिको विषयमा भिडियो डकुमेन्ट्री , सडक नटक प्रदर्शन गरिएको थियो । यस्तै असल जोडी सम्मन, खाना बनाउने प्रतियोगिता मा उत्कृष्ट भएकोलाई पुरस्कार बितरण गरिएको थियो ।