बर्दिया । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका(६ बस्ने २० वर्षीय सन्तराम थारूलाई प्रहरीले पक्राउ गरेको छ ।
थारूले ती किशोरीलाई सोही नगरपालिका १० गुमस्तास्थित धवारदेखि गुमस्ता गाउँ जाने बाटोमा शनिबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कतर्नियाघाटबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।