बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दशैं विदाभरी सरकारी सवारीसाधन प्रयोग नगर्ने भएका छन् ।गृह जिल्ला अर्घाखाँची जाँदा आचार्यले दशैं विदाभरी सरकारी सवारीसाधन प्रयोग नगरी निजी सवारीसाधन प्रयोग गरेर जिल्ला तहका भेटघाटमा गएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
यस्तै मुख्यमन्त्री आचार्यले सुरक्षामा प्रयोग हुने सरकारी लु १ झ ४९८ नम्बरको गाडि दशैं विदाभरीका लागि फिर्ता गरेका छन् ।उनको स्कटिङ्गमा प्रयोग हुँदै आएको सरकारी गाडी दाङमा फिर्ता पठाइएको छ भने मुख्यमन्त्री चढ्ने सरकारी गाडी जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा राखिएको छ ।