कपिलवस्तु । अनेरास्ववियु कपिलवस्तुले कपिलवस्तुमा रहेका विद्यालयहरुका बसमा छड्के चेकिङ गरेको छ । आज शुक्रबारको दिन अनेरास्ववियु कपिलवस्तुको आयोजना र इ.प्र.का पिपरा,अस्थाई ट्राफिक प्रहरीको सहजिकरणमा बाणगंगा भित्रका विद्यालयहरुका बसमा छड्के चेकिङ गरेको हो । बसमा क्षमताभन्दा धेरै विद्यार्थीहरु रहेको गुनासो आएपछि अनेरास्ववियु कपिलवस्तु एक्सनमा आएको अनेरास्ववियुका जिल्ला अध्यक्ष निशान खड्काले जानकारी दिनुभयो।

उहाँका अनुसार अनेरास्ववियु सधैँ विद्यार्थीहरुका हक हितका लागि लड्ने संगठन भएकोलेआज बाणगगा नगरभित्र मात्रै चेकिङ गरेको र अब सबै कपिलवस्तु जिल्ला भरि नैे चेकिङे् गर्ने बताउनु भयो । केहि दिन अघि अनेरास्ववियु कपिलवस्तुले कपिलबस्तु भित्रका प्याब्सन र एन प्याब्सनलाई ज्ञापन पत्र बुझाएको उक्त ञापन पत्रमा कुनै सुनुवाई नआएकोले छड्के चेकिङ गरेको अध्यक्ष खड्काले बताउनु भयो ।

सोही क्रममा दुई वटा विद्यालयको बसले सिट क्षमताभन्दा बढी विद्यार्थी बोकेको भेटिएको हो । जसमा जनता मा.वि पिपरा र होराइजन इ.बो. स्कुल कपिलवस्तु रहेका थिए । यि २ बसलाई र अन्य स्कुलका बसहरुलाई ट्राफिक नियम उल्लंघन गरी सवारी नचलाउन सम्झाइबुझाइ गरिएको थियो।

अनेरास्ववियु कपिलबस्तुले केहि दिन अघि बुझाएको ज्ञापन पत्रमा यस्तो लेखिएको थियो । कपिलवस्तु भित्रका विद्यालयहरुका बसहरुले सिट क्षमता भन्दा बढी विद्यार्थीहरु बोकी हिडेको, विभिन्न शिर्षकमा अतिरिक्त शुल्क उठाउने गरेको, कक्षाकोठा र विद्यार्थी संख्याको अनुपात नमिलेको, क्यान्टिनको सरसफाई नास्ताको मूल्य र परिमाणको अनुपात नमिलेको जस्ता थुप्रै विषयहरुमा व्यापक जनगुनासो आएको हुदाँ, उक्त जनगुनासो प्रति अनेरास्ववियु कपिलवस्तुले ध्यानाकर्षण गराएको छ ।