बाणगंगा । कपिलवस्तुको वाणगंगा नगरपालिकामा ३४औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस विशेष कार्यक्रमका साथ मनाएको छ । राष्ट्रिय जेष्ठ नागरिक समाज नेपाल वाणगंगा नगर कार्यसमिति कपिलवस्तुको आयोजनामा बाजागाजा सहिद कार्यक्रम सुरु गरिएको थियो ।कार्यक्रममा वाणगंगा नगरपालिका उपप्रमुख रिता कुमारी थारुले जेष्ठ नागरिकहरूको अनुभव र ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्ने आवश्यकता रहेकोमा जोड दिनुभयो ।साथै उहाँले हामीले जे सिकायो नया पुस्ताले त्यहीँ सिक्ने बताउदै आज हामीले गरेको प्रतिफल भोलि हामीले नै पाउने बताउनु भयो । नगरपालिका,वन लगायत विभित्र क्षेत्रबाट जेष्ठ नागरिक सम्मानका लागि थोरै धेरै बजेटले छुटाएको समेत बताउनु भयो । वडाका विभिन्न स्थानमा विश्राम स्थल रहेको बताउदै अझै कतै समया परेको खण्डमा पार्ग र विश्राम स्थलकाका लागि नगरले सम्बोधन गर्ने बताउनु भयो ।

नगरमा जेष्ठ नागरिकको लागि स्वास्थ्य विमा निशुल्क रहेको बताउदै यसबाट लाभ लिन जेष्ठ नागरिककलाई आग्रह गर्नुभयो । वडा नम्बर ८ का अध्यक्ष बाबुराम अर्यालले वडाबाट जेष्ठ नागरिकहरूको हितका लागि निरन्तर सहयोग हुँदै आएको र भविष्यमा पनि जारी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । जेष्ठ नागरिक सुरक्षा भत्तामा नविकरण गर्न आवश्यक रहेको बताउदै यदि कोहि जेष्ठ नागरिक वडा सम्म आउन नसक्ने भएको खण्डमा घरमै गएर सेवा दिने समेत बताउनु भयो ।

वडा सदस्य शैलेन्द्र बेल्बासेले जेष्ठ नागरिकहरू समाजको अमूल्य सम्पत्ति भएको र कुनै पनि अन्यायमा परेका जेष्ठ नागरिकहरूको पक्षमा सधैं खडा हुने बताउनुभयो । राष्ट्रिय जेष्ठ नागरिक समाजका केन्द्रीय उपाध्यक्ष राम पौडेलले देशभर बाढीपहिरोले निम्त्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै, पीडितप्रति सहानुभूति प्रकट गर्नुभयो ।

मधुवान सामुदायिक वनका अध्यक्ष शान्त विक्रम पौडेलले जेष्ठ नागरिकहरूको सम्मानका लागि वनले विशेष बजेट छुट्याएको जानकारी गराउनुभयो । वडाहरुको तर्फबाट वडा नम्बर ४ का अध्यक्ष भोजराज आचार्यले,जेष्ठ नागरिक रिषिकेश भारद्ववाज,झविन्द्र प्रसाद घिमिरे लगायतले नयाँ पुस्तालाई जेष्ठ नागरिकमा भएको सीप हस्तान्तरण गर्नु पर्ने बताउदै जेष्ठ नागरिकहरुलाई नगरपालिकाले धेरै सहयोग गर्दै आएको बताउनु भयो ।कार्यक्रम नगर अध्यक्ष भेषराज कुँवरको अध्यक्षतामा, नगर कोषाध्यक्ष कृष्ण बहादुर सोमैको स्वागत मन्तव्यका साथ सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन केशवराज आचार्यले गर्नुभएको थियो । उक्त कार्यक्रममा वाणगंगा नगरपालिका महिला तथा बालबालिका शाखा शुसिला पन्थ,जेष्ठ नागरिक केन्द्रीय कोषाध्यक्ष प्रभा पौडेल नगरका सम्पुर्ण जेष्ठ नागरिक लगायत पन्चेबाजा समुहको उपस्थित रहेको थियो । कार्यक्रममा बाजागाजा सहित, भजनकिर्तन भएको थियो ।
