दाङ ।दाङमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना किशोर पक्राउ परेका छन् । बबई गाउँपालिका(१ कुम्बास बस्ने १९ वर्षीय याम बहादुर पुनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।याम बहादुरले ती बालिकालाई गत भदौ २२ गते बबई गाउँपालिका १ मदाने गंगटे जानेबाटोमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिइएको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मौसम अपडेट : यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौं । स्थानीय तथा पश्चिमी वायुका साथै बिहार आसपास रहेको न्यून चापीय रेखासमेतको प्रभावका कारण आइतबार कोशी प्रदेश, बागमती प्रदेश...
Read more