कपिलवस्तु । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२४ का वडाध्यक्ष र वडासचिवसहित तीन जना घुससहित पक्राउ परेका छन् ।वडाध्यक्ष उपेन्द्र सहनी, वडासचिव उपेन्द्र साह र विजय मण्डल चार लाख ५० हजार घुस रकमसहित पक्राउ परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । अख्तियारका अनुसार उनीहरूले घर बाटो प्रमाणित गरिदिनका लागि घुस लिएका थिए ।अख्तियारको कार्यालय बर्दिवासबाट खटिएको टोलीले उनीहरूलाई घुस रकमसहित वडाध्यक्षबाट कार्यकक्षबाट पक्राउ गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले दशैं विदामा सरकारी गाडी प्रयोग नगर्ने
बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दशैं विदाभरी सरकारी सवारीसाधन प्रयोग नगर्ने भएका छन् ।गृह जिल्ला अर्घाखाँची जाँदा आचार्यले दशैं...
Read more