कपिलवस्तु । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकार पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको नीतिमा धेरै अघि बढिसकेको बताउनुभएको छ ।काठमाण्डौमा आज भएको कार्यक्रममा मन्त्री भण्डारीले इथानोल मिश्रणको नीतिमा सरकारले आवश्यक तयारी पूरा गरिसकेको जानकारी दिनुभयो । पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको नियमावली बनिसकेको र अब मूल्य निर्धारण गर्न बाँकी रहेकाले एक महिनाभित्र टुङ्ग्याउने उहाँले बताउनुभयो ।इथानोल उत्पादनले दैनिक दुई लाख किलोलिटर पेट्रोलियम पदार्थको खपत कम गर्ने स्थिति रहेकोमा सरकारले यस सम्बन्धमा अघि बढ्न आयल निगमलाई आवश्यक नीतिगत व्यवस्थासँगै निर्देशन गरिसकेको छ ।
मौसम अपडेट : यी स्थानमा मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षाको सम्भावना
काठमाडौँ । आज देशका केही ठाउँमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार...
Read more