कपिलवस्तु । छोरीको हत्या गरी खोलामा फालेको आरोपमा प्रहरीले आमालाई पक्राउ गरेको छ । २३ महिनाकी आफ्नी छोरी पृन्सिका भन्डारीको हत्या गरी ललितपुरस्थित ठोस्ने खोलामा फालेको आरोपमा २१ वर्षीया प्रमिला भन्डारीलाई पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार प्रमिलाले आफ्नी छोरी पृन्सिकालाई कुटपिट गरेर बेहोस भएपछि खोलामा फालेको खुलेको छ ।
साउन २७ गते कुटपिट गरेर खोलामा फेलेपछि उनले खोजीका लागि प्रहरीमा निवेदन दिएकी थिइन् । साउन २८ गते पृन्सिका ठोस्ने खोलामा रुखको हाँगामा अड्किएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ । प्रमिलालाई सोमबार पक्राउ गरी कर्तव्य ज्यान सम्बन्धी कसुरमा उजुरी दर्ता गरी ललितपुर जिल्ला अदालतबाट अनुमति लिएको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।