कपिलवस्तु । नवलपरासी पूर्वमा सेप्टिक ट्यांकीभित्र बेहोस भएर लडेका तीनै जनाको मृत्यु भएको छ।प्रहरीका अनुसार बिनय त्रिवेणी गाउँपालिका(७का ३८ वर्षीय प्रकाशसिंह क्षेत्री, १९ वर्षीय गणेश बोगटी र नवलपरासी ९पश्चिम बर्दघाट नगरपालिका(७) को २८ वर्षीय मोहम्द राजाको मृत्यु भएको हो।शुक्रबार बिहान ११ बजेतिर उनीहरू वडा नम्बर ७ का भोलासिंह क्षेत्रीको सेप्टिक ट्यांकी निर्माण गर्ने क्रममा त्यहीभित्र बेहोस भएर लडेका थिए। उपचारको क्रममा तीनै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डिएसपी बेदबहादुर पौडेलले जानकारी दिए।प्रकाशसिंह भोलाको छोरा हुन्।यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको डिएसपी पौडेलले बताए।