कपिलवस्तु । जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका विरामीमध्ये ५८८ जनामा डेंगु पुष्टि भएको छ। अस्पतालमा आएका बिरामीमध्ये २ हजार ३९४ जनाको परीक्षण गर्दा ५८८ जनामा डेंगु पुष्टि भएको हो।विरामीमध्ये ४१७ चितवनका छन् भने १७१ जना जिल्लाबाहिरका रहेका जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले जानकारी दिए। लामखुट्टेको टोकाइबाट यो रोग लाग्छ। उनले भने, “सूर्य उदाएको २ घण्टाअघि र अस्ताउने समयमा २ घण्टाअघि लामखुट्टेले टोक्ने गर्छ। त्यो समयमा लामखुट्टेको सम्पर्कमा जो बढी गयो त्यसैलाई रोग लाग्ने जोखिम रहन्छ।”

साउनयता जिल्लाका ७ पालिकामध्ये इच्छाकामना गाउँपालिकामा २३६ जनामा डेंगु देखिएको छ। भरतपुर महानगरपालिकामा १०७ जना, खैरहनीमा ११ जना, रत्ननगरमा ४९ जना, माडीमा तीनजना, राप्तीमा तीनजना र कालिका नगरपालिकामा ३ जनामा डेंगु देखिएको केसीले जानकारी दिए। उनका अनुसार जिल्लामा भेटिएका डेंगुका विरामीमध्ये २२५ जना महिला र १९२ जना पुरुष छन्। वर्षा हुने र घाम लाग्ने हुँदा लामखुट्टेका लागि अनुकूल वातावरण बन्ने भएकाले विशेषगरी भदौ, असोजमा डेंगु देखिने गरेको केसीले बताए। उनले भने, “अहिले साउनको शुरुआतदेखि नै डेंगु देखिन थालेको छ।”यो रोग एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्छ। बर्सातको महिनासँगै जताततै पानी जम्न थालेपछि यो रोगको प्रकोप हुने गरेको उनले बताए।

यो लामखुट्टेले प्लास्टिक, टिनका डब्बा, ड्रमहरु, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की, आदिमा फुल पार्ने गर्छ। यी ठाउँमा जम्मा भएको पानी सफा नगर्दा रोगको प्रकोप बढ्ने निरीक्षक केसीले बताए।डेंगुका लक्षणडेंगुको ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्ने उनले बताए। यो रोग लाग्दा आँखाको गेडी तथा टाउको दुख्ने, शरीर कट्कटी दुख्ने, जोर्नी, हड्डी तथा मांसपेशीहरु दुख्ने, शरीरमा बिमिरा आउने र रक्तस्राव हुने, उच्च ज्वरो आउनेलगायत लक्षण देखापर्छ वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुनेजस्ता लक्षण देखापर्ने केसीले बताए। डेंगु ज्वरो विषाणुका कारण हुने भएकाले यसको निश्चित उपचार भने नहुने उनको भनाइ छ। डेंगुबाट बच्ने मुख्य उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु नै रहेको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ।