चितवन । चितवनको दाउन्ने एग्रो फार्म लिमिटेडका कार्यकारी निर्देशक विनोद पोखरेलले शनिबारदेखि अण्डाको मूल्य बढाएको बताए। हिमचुली पोल्ट्री फार्मका अध्यक्ष राजेन्द्र लामिछानेले एक्सेल अण्डाको मूल्य प्रतिक्रेट पाँच, ठूलो र मध्यमको १० रुपैयाँले बढाएको जानकारी दिए। व्यवसायीले एक्सल अण्डा प्रतिक्रेट ९३० वटा० को ५०५ रुपैयाँ तय गरेका छन्। ठूलो अण्डा ४९५ र मध्यम अण्डाको मूल्य ४२५ तोकिएको छ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उत्पादकले मात्रै मूल्य तय गर्नसक्ने भनेपछि फार्महरूले आफैँ मूल्य निर्धारण गरेका हुन्। नेपाल लेयर्स कुखुरा पालक संघ चितवनका पूर्वअध्यक्ष त्रिलोचन कँडेलले माग बढेको तर उत्पादन घटेको बताए। झण्डै दुई महिना अघि २५ देखि २६ लाख दैनिक अण्डा उत्पादन हुँदै आएकोमा अहिले घटेर २३ देखि २४ लाखमा झरेको उनले दाबी गरे। रासस