कपिलबस्तु । पोखरा सिर्जनाचोकमा रहेको आकासे पुलमा स्कुटर ठोकिँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार ग२१प ५४५० नम्बरको स्कुटर ठोकिँदा पर्वतका सुशान गुरुङको मृत्यु भएको हो ।

उनी पोखराकै धौलागिरी दोहोरी साँझमा म्यानेजर थिए । दुर्घटनामा गम्भिर घाइते भएका उनलाई उपचारका लागि नजिकै रहेको मेट्रोसिटी अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत घोषणा गरिएको कास्की ट्राफिक प्रहरी प्रमुख भानु शर्माले जानकारी दिए ।उनको मृत्यु भएपछि पोखरा लोकदोहोरी रेष्टुरेण्ट व्यवसायी संघले शोक मनाएको छ । आज पोखराका सबै दोहोरी साँझ बन्द गर्न आग्रह गरेको सचिव दिलु लामा मोक्तानले जानकारी दिइन् ।