कपिलवस्तु। सरकारले सामाजिक सञ्जाल टिकटकमा लगाएको प्रतिबन्ध हटाएको छ ।आज बसेको मन्त्रिपरिषद बैठकले टिकटकमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् । यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २०८० कात्तिक २७ मा टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

अहिले प्रधानमन्त्री केपी शर्मा ओलीकै अग्रसरतामा सरकारले टिकटक खुला गर्ने विकल्पबारे कम्पनीका नेपाल प्रतिनिधि लगायतसँग परामर्श अघि बढाएको थियो ।टिकटकका प्रतिनिधि र उच्च अधिकारले नै बारम्बार सञ्चारमन्त्री लगायतलाई प्रतिबन्ध फुकुवा गरिदिन आग्रह गर्दै आएका थिए भने पछिल्लो समय चिनियाँ राजदूत छन सोङले समेत राजनीतिक भेटवार्ताका क्रममा टिकटकको प्रतिबन्धबारे चासो राख्दै आएका थिए । र यतिबेला टिकटकमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।