लुम्बिनी ।
प्रदेश प्रमुख अमिक शेरचनले उनलाई सोमबार (साउन ७) मुख्यमन्त्री नियुक्त गरेका हुन्। नेपाली कांग्रेस र नेकपा एमालेका ५६ सांसदहरूको हस्ताक्षरसहित सोमबार (आजै) आचार्यले मुख्यमन्त्री दाबी पेस गरेका थिए।
प्रदेश प्रमुख शेरचनले संविधानको धारा ७६ को उपधारा २ अनुसार आचार्यलाई नियुक्त गरेको जानकारी गराएका छन्।
लुम्बिनीमा सुरुमा दलका नेता लीला गिरीलाई मुख्यमन्त्री बनाउने, त्यसपछि उपनेता आचार्यलाई मुख्यमन्त्री बनाउने सहमतिअनुसार मुख्यमन्त्रीमा आचार्यलाई अघि सारिएको एमाले नेताहरूको भनाइ छ। गिरी यसअघि मुख्यमन्त्री भइसकेका छन्।
प्रदेश संसदीय दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीका अनुसार, उपनेता आचार्यलाई मुख्यमन्त्रीमा अघि सारिएको छ।
‘पार्टीले उहाँ (चेतनारायण आचार्य) लाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको छ,’ उनले भने, ‘पार्टी केन्द्रकै निर्देशन अनुसार यस्तो निर्णय भएको हो।’
अर्घाखाँची निर्वाचत क्षेत्र १ (१)बाट निर्वाचित प्रदेश सभा सदस्य आचार्य यसअघि शंकर पोख्रेल नेतृत्वको प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री थिए। त्यसपछि एमाले नेता लीला गिरी नेतृत्व सरकारमा ग्रामीण खानेपानी तथा सहरी विकासमन्त्री भए। माओवादी नेता जोखबहादुर महराको नेतृत्वको सरकारमा पार्टीको तर्फबाट नेतृत्व गर्दै उनी आर्थिक मामिला तथा योजनामन्त्री बनेका थिए।