काठमाडौं ।

अर्जेन्टिना कोपा अमेरिका कप फुटबलको फाइनलमा पुगेको छ। मेटलाइफ स्टेडियममा बुधबार बिहान भएको खेलमा क्यानडालाई सहजै पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका २०२४ को फाइनलमा प्रवेश गरेको हो।

अर्जेन्टिनाले क्यानडालाई २-० गोलले पराजित गरेको हो।

अर्जेन्टिनाका जुलियन अल्भारेजले पहिलो हाफको २२ औं मिनेटमै जुलियन अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। त्यसैगरी ५१ औं मिनेटमा अर्जेन्टिना कप्तान लियोनल मेसीले गोल गर्दै अग्रता दोब्बर बनाएका हुन्। रोड्रिगो डे पाउलको पासमा अल्भारेज र एन्जो फर्नान्डेजको पासमा मेस्सीले गोल गरेका हुन्। योसँगै अर्जेन्टिनाका लागि १०९ गोल गरेका मेस्सी विश्वकै दोस्रो गोल गर्ने खेलाडी बनेका छन्। सर्वाधिक गोल गर्ने सूचीमा पोर्चुगलका क्रिष्टियानो रोनाल्डो हुन्।

योसँगै अर्जेन्टिनाले अब उपाधिका लागि उरुग्बे र कोलम्बियाको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।