कपिलवस्तु।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाणगंगा नगर कमिटीको तेस्रो अधिवेशन सम्पन्न भएको छ । सिद्धार्थ क्याम्पसको सभाहलमा सम्पन्न अधिवेशनले नयाँ नगर कमिटी गठन गरेको छ । अधिवेशबाट प्रभाकर बि.सी को अध्यक्षतमा १३ सदस्यीय नगर कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा रन्जित घिमिरे
सचिवमा पवित्रा सुनार , सह–सचिवमा मुना थापा र कोषाध्यक्षमा प्रदिप पाैडेल सर्वसम्मत रुपमा चयन भएका छन् । त्यस्तै सदस्यहरुमा अर्चना आचार्य, रोशन क्षेत्री, मधु आचार्य , शिशिर आचार्य,बिमला पन्थी ,अनुष्का बि.सी,प्रदिप क्षेत्री ,अनुप ज्ञवाली चयन भएका छन् ।
नवगठित कमिटीका अध्यक्ष प्रभाकर बि.सी ले नगर कमिटीको अध्यक्षको जिम्मेवारी प्रदान गर्नुहुने सम्पुर्णमा आभार व्यक्त गर्दै संगठनलाई मजबुत र बलियो बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमका अध्यक्ष अनेरास्ववियु बणगंगा नगर कमिटी सचिव अर्चना आचार्य , प्रमुख अतिथी अनेरास्ववियु लुम्बिनी प्रदेश काेषाध्यक्ष अन्जित खनालले नव गठित कमिटीलाई हार्दिक बधाई ज्ञापन गर्दै विद्यार्थीहको हक हितका लागि काम गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
अनेरास्ववियु कपिलवस्तु २३ अाैँ जिल्ला सम्मेलनका संयाेजक बिष्णु घिमिरे ,उक्त सम्मेलनका सह संयाेजक निसान खड्का,सम्मेलनका सदस्य पशुपति गिरी,खिम ब.बि.सी.लगायतको आतिथ्यता रहेको थियो ।
उक्त कार्यक्रममा सिद्वार्थ क्याम्पस कमिटीका अध्यक्ष मधुसूदन भुषाल,कमिटीका सदस्यहरू लगायतको उपस्थिति रहेको थियो ।