काठमाडौँ ।
प्रहरीले काठमाडौंको बौद्धबाट ‘९९९.९ गोल्ड १ केजी’ लेखिएको अवैध ६ थान र ४८ लाख रुपैयाँ नगदसहित पक्राउ पर्नेलाई सार्वजनिक गरेको छ ।
अवैध सुन र ४८ लाख नगदसहित पक्राउ पर्ने सार्वजनिक
पक्राउ पर्नेमा आफूलाई चीनियाँ नागरिक शेरब ग्याल्मो बताउने काठमाडौं महानगरपालिका–६ बस्ने सोनाम गुरूङ छन् । गुरुङलाई २०८० साउन २ गते बरामद भएको ६० केजी अवैध सुनको थप अनुसन्धानकोक्रममा केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटबाट खटिएको प्रहरी टोलीले आइतबार पक्राउ गरेको हो ।
प्रहरीले उनको कोठाबाट उक्त सुन र नगद बरामद गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।