दाङ ।

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आइतबार पद तथा गोपनियताको शपथ लिने भएका छन्।

आइतबार दिउँसो १ः४५ बजे शपथ ग्रहणको कार्यक्रम हुन लागेको हो। प्रदेश प्रमुखको कार्यालय बुटवलमा शपथ ग्रहण कार्यक्रम आयोजना गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भुमिश्वर ढकालले बताए।

एमाले, जनता समाजवादी, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र एक स्वतन्त्र सांसदको सहयोगमा माओवादी केन्द्रका महरा मुख्यमन्त्री नियुक्त भएका हुन्। उनलाई शुक्रबार मुख्यमन्त्री नियुक्त गरिएको हो।

केन्द्रको सत्तासमीकरण फेरिएसँगै लुम्बिनीमा कांग्रेसबाट मुख्यमन्त्री बनेका डिल्लीबहादुर चौधरीले गत बिहीबार पदबाट राजीनामा दिएका थिए।