भैरहवा ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गण रुपन्देहीले भारतबाट भन्सार छलेर भित्राइएको चिनी बरामद गरेको छ। सशस्त्रले भित्राइएको उक्त चिनी डम्प गरेर गोदाममा राखिएको अवस्थामा छापा मारेर बरामद गरेको हो।

रुपन्देही सशस्त्र नम्बर २७ गणका डीएसपी दुर्गा बहादुर थापाको कमाण्डमा खटिएको टोलीले मायादेवी गाउँपालिका(५ बुडवा स्थित गोदाममा छापा मारेर साढे सात लाख मूल्य बराबरको १२ हजार पाँच सय किलो ९२५० बोरा० चिनी बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।