अफगानिस्तानका विभिन्न प्रान्तमा बितेको तीन दिनयता परेको हिमपातका कारण १५ जनाको मृत्यु भएको छ । हिमपातका कारण ३० जना घाइते भएका एएनआईले जनाएको छ । भर्खरैको हिमपातका कारण झन्डै १० हजार पुशचौपाया मरेका खबरमा उल्लेख छ ।

हिमपातका कारण धेरै सडकहरू बन्द भएका र पशुचौपाया भोकभोकै रहेकाले स्थानीयवासीले तत्काल सरकारी सहयोगका लागि आग्रह गरेका छन् । यसैबीच अफगानिस्तानले प्राकृतिक विपत्तिका कारण विशेषगरी पशुधनीहरूलाई भएको क्षतिलाई सम्बोधन गर्न विभिन्न मन्त्रालयहरू सम्मिलित एक समिति गठन गर्ने घोषणा गरेको छ ।

कृषि, सिँचाइ तथा पशुपक्षी मन्त्रालयका लागि तालिबान प्रशासनका प्रवक्ता मिसबाहुद्दीन मुस्तैनले सबै प्रान्तमा गठन भएका समितिहरूले उद्धारका द्रूत प्रतिक्रियाबारे छलफल गरिरहेको बताउनुभयो । बन्द सडक खुलाउन, प्रभावित समुदायलाई खाद्यान्न वितरण गर्न र बाक्लो हिमपातका कारण अलपत्र परेकाहरूलाई उद्धार गर्न यी समितिहरू लागिपरेका खबरमा उल्लेख छ ।

सम्मेलनका विशिष्ट सहभागीलाई पाल्पा, स्वर्गद्वारी र बर्दिया राष्ट्रिय निकुञ्जको भ्रमण गराइने योजना छ। मुख्यमन्त्री चौधरीले सम्मेलनका लागि ६ करोड ५० लाख बजेट छुट्याइए सरकारको नीति कार्यक्रम र बजेटमै समावेश गरी प्रदेशसभाबाट पास भई सरकारले कार्यान्वयनमा ल्याएको बताए। सम्मेलनबाट बालबालिकामाथि हुने हिंसा, बालश्रम, बालविवाह र बालबालिका बेचबिखनलाई नियन्त्रण एवं न्यूनीकरण गर्दै लुम्बिनीमा लगानी प्रवर्ध गर्ने अपेक्षा गरिएको पनि उनले बताए।