काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठकको समापन कार्यक्रममा बोल्दै महामन्त्री गगन कुमार थापाले कांग्रेसका कार्यकर्ताले दुःख र समस्या छ भनेर सुविधा नपाउने बताए । 

थापाले भने, ‘दुःख जसले पनि देखाउन सक्छ, हामीले दुःखको हल दिनुपर्नेछ । किनकि हामी जिम्मेवारीमा छौँ ।’

यस्तै उनले काम गर्न नसक्ने र दाग मन्त्रीलाई फिर्ता बोलाउनुपर्ने बताए । पार्टीबाट निर्वाचित भएका वडाध्यक्षदेखि मन्त्रीसम्म सबै जनप्रतिनिधिले आफ्नो रिपोर्ट कार्ड दिन सक्नुपर्ने थापाले बताए । 

 ‘म जस्तो सांसद होस् वा मन्त्री होस् प्रत्येकले रिपोर्ट कार्ड दिन सक्नुपर्छ । हाम्रो कामबाट नागरिक खुसी भएर कांग्रेसलाई धन्यवाद भन्न सक्नुपर्छ । काम गर्न नसक्ने मन्त्रीलाई विश्राम दिऔँ, दाग लागेको मन्त्रीलाई घर पठाऔँ’, उनले भने । 

उनले संगठनको अनुशासन उल्लंघन गर्नेलाई १० वर्ष पार्टीबाट निष्कासन गर्ने आँट गरे चुनावमा कसैसँग कुम जोड्न नपर्ने बताए ।