रिता खनाल ,कपिलवस्तु । खुशी जीवन संस्था बुटवलद्वारा कपिलवस्तुकाे बाडिगाउँ सुकुम्बासी टाेलमका  २ सय गरिब तथा विपन्न घर परिवारलाई आज कपडा  वितरण गरेको उक्त सस्थाले जनाएको छ  । पत्रकार तथा राष्ट्रिय संगित कर्मि संघ कपिलवस्तु महिला उपाध्यक्ष रिता खनालकाे संयाेजन र बाणगंगा सात का वडा अध्यक्ष बिस्नु गिरी , माेतीपुर फुलबारी सामुदायिक बनका अध्यक्ष जयलाल गिरी, उक्त संस्थाका केन्द्रीय अध्यक्ष महेन्द्र विस्वकर्मा, सल्लाहकार ज्ञान बहादुर गहतराज राष्ट्रिय संगित कर्मी संघका काेषाध्यक्ष राजेन्द्र थापा,लगायतकाे उपस्तिथिमा बाडिँगाउकाे सुकुम्बासी टाेलमा २ सय गरिब तथा विपन्न घर परिवारलाई न्यानाे कपडा वितरण गरिएको हाे।
न्यानाे कपडा पायपछी  आफुहरुलाई खुसी  स्थाननियबासीले बताए । साथै वडा अध्यक्ष बिस्नु गिरीले उक्त संस्थालाई धन्यवाद दिदैँ संस्थाकाे प्रशम्सा गर्नु भयो ।                   समाज सेवा, गर्ने पबित्र उदेश्यका साथ लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुमा सचेतनामुलक सडक नाटक प्रस्तुत गर्नुका साथै असहाय ,गरिब तथा विपन्न समुदायमा आधारित सेवामूलक कार्यहरु गर्दै  आएकाे उ संस्थाका केन्द्रीय अध्यक्ष महेन्द्र विस्वकर्माले बताउनुभयो । सेबामुलक  कार्यका लागी स्थानिय निकाय संघ सस्था पत्रकारकाे सहयोग पनि अपरिहार्य रहेको संस्थाले जनाएको छ ।