पशुपति गिरी ,बाणगंगा ।

“स्वास्थ्यका लागी खेलकुद । राष्ट्रका लागी खेलकुद ” भन्ने मुल नारा सहित नव दुर्गा डोजो मोतिपुर वडा नं.७ को आयोजना त्यसैगरी बाणगंगा नगरपालिका वडा नं.७ को आर्थिक सहयोग र नेपाल शितोरियो कराते संघ, बाणगंगा समितिको प्राविधिक सहयोगमा आयोजित एक दिने प्रथम अन्तर वडा स्तरीय शितोरियो कराते प्रतियोगिता आज मोतिपुर डाँडा सामुदायिक भवनमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा बाणगंगा नगरका ११ वटै वडा बाट विभिन्न क्लब र स्कूलमा प्रशिक्षण लिईरहेका करिब ३०० भन्दा बढी खेलाडीहरूको सहभागिता रहेको थियो ।

उक्त प्रतियोगिता कार्यक्रमका प्रमुख अतिथी तथा बाणगंगा नगरपालिका वडा नं.७ का वडा अध्यक्ष बिष्णु गिरीले यस खेल बाट अनुसासन बन्ने स्वस्थ्य शरीर रहने,एकआपसमा एकताको भावना विकास हुने,आयु वृद्धि हुने,घर परिर्वतन समाजमा विभिन्न प्रकारका क्रियाकलापहरु र विकास निमार्णका कार्यक्रमहरुमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा टेवा पुग्ने बताउर्दै यस्ता खेलकुदहरुका लागी वडाले बजेट विनियोजन गरेको र अब आउनेदिनहरुमा पनि सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

त्यसैगरी विशिष्ट अतिथी तथा बाणगंगा नगरपालिका का शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जिसीले यस किसिमका स्थानीय स्तरमा संचालन हुने प्रतियोगिताले नगर भित्र उत्कृष्ट प्रतिभावान खेलाडीको उत्पादन हुने र भोलि गएर जिल्लाको प्रतिनिधित्त्व गर्न सक्ने सक्षम खेलाडी पनि यहि बाट तयार हुन सक्ने बताउनु भयो।

प्रतियोगिता संयोजक तथा नवंदुर्गा डोजो प्रशिक्षक डोम ब. सुनारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वडा नं. ७का वडा सदस्यहरु, फुलबारी सामुदायीक वनका अध्यक्ष जयलाल गिरी, प्रगति सामुदायीक वनका अध्यक्ष लक्ष्मण खड्का त्यसैगरी टोलविकास संस्था लगायतको अतिथी रहेको कार्यक्रम नगर भित्र रहेका कराते खेलाडीहरूलाई आफ्नो क्षमता र सिपलाई अझै अब्बल बनाउन सहयोग पुग्ने र भोलिका दिनमा राष्ट्रिय एवं अन्तराष्ट्रिय स्तरमा सहभागी गराउनको लागि आधार स्तम्भ तयार गर्ने उद्देश्यले आयोजना गरिएको हो ।

यस प्रतियोगितामा नेपाल शितिरियो कराते(डो संघ कपिलवस्तुका अध्यक्ष एवं राष्ट्रिय रेफ्री श्री डम्बर बहादुर सोमैको प्राविधिक संयोजकत्त्वमा सम्पन्न भएको उक्त प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुन सफललाई शिल,मेडल र प्रमाणपत्र दिएको थियो ।