काठमाडौं ।

प्रतिनिधि सभा सदस्य रवि लामिछानेले बाँसबारी जग्गा प्रकरणमा नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग पनि बयान लिनुपर्ने बताउनुभएको छ । 

आइतबार प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै लामिछानेले चौधरीसँग बयान लिइयो कि लिइएन भन्दै गृह मन्त्रीलाई प्रश्न गर्नुभयो । बाँसबारी जग्गा प्रकरणमा केही दिन अघि अरुण चौधरीलाई केही दिन अघि हिरासतमा लिइएको भए पनि उहाँको जत्तिनै सेयर भएका विनोद चौधरीसँग बयान लिइयो कि लिइएन ? भन्दै उहाँले प्रश्न गर्नुभयो । 

बाँसबारी जग्गा प्रकरणमा अरुणमा अरुणको जत्तिकै हिस्सेदारी उहाँका दाजु विनोद चौधरीको पनि भएको लामिछानेको भनाइ छ । ‘बाँसबारी जग्गा प्रकरणमा जग्गा हडप्दा अरुण चौधरीको जत्तिकै सेयर भएका अन्य साझेदार मध्ये सत्तारुढ दलका सांसद विनोद चौधरीलाई अनुसन्धानको दायरामा राखेर बयान लिन सकिन्थ्यो होला, त्यो बयान लिइयो कि लिइएन ? मैले उहाँलाई थुन्नुपर्छ भनेको होइन, अनुसन्धानको दायरामा ल्याइयो कि ल्याइएन,  बयान लिइयो कि लिइएन भनेको मात्र हो’, लामिछानेले भन्नुभयो ।