वाणगंगा कपिलवस्तु ।
कपिलवस्तु उद्योग वाणिज्य संघ वाणगंगाको चुनावी सरगर्मी बढ्न थालेको छ । उद्योगी व्यवसायीहरुको छाता संगठनको रुपमा स्थापित संघको यहि माघ २३ गतेदेखि संघको १६ औं वार्षिक साधारणसभा तथा ८ औं अधिवेशन हुदैछ ।कपिलवस्तु उद्योग वाणिज्य संघमा स्थापनादेखि नै सकृय युवा व्यवसायी मोहन न्यौपानेको साझा उम्मेदवारको प्यानल सार्वजनिक भएको हो ।

९० प्रतिशत युवाहरु समेटी अध्यक्षका उम्मेदवार न्यौपानेको प्यानलमा सवै क्षेत्र, वर्ग समुदायको प्रतिनिधीत्व गराउदै साझा र समावेशी टिम निर्माण भएको छ ।उक्त न्यौपाने प्यानल बाट उद्योग उपाध्यक्ष पदमा रबिन्द्र पौडेलले उम्मेदारी दिनुभएको छ। उहाँ निजि क्षेत्र मार्फत देशको अर्थतन्त्र लाई अव्वल वनाउदै देशमा हाल सिर्जना भयको, चुनौतिको रूपमा देखा परेको युवा विदेश पलायन लाई रोक्दै देशमै व्यवसाय मार्फत,रोजगारि सिर्जना गर्नु पर्छ भन्ने सोच तथा केही गरौ भन्ने सदैव हुटहुटि भयको युवा व्यवसायी सानै उमेरमै व्यवसाय पेसा मा आवद्व हुँदै आउनुभएको र सफल व्यवसायी पनि हुनुहुन्छ ।

उहाँ होटेल तथा प्रर्यटन व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष, घरेलु तथा साना उद्योग महासघका महासचिव, लगायत विभिन्न क्षेत्रमा आवद्ध हुनुहुन्छ । उहाँका आफ्नै उद्योग तथा होटलमा करिब २०।२५ जनाले रोजगार समेत पाएका छन् ।उहाले नेत्रित्व गरेका अन्य सस्थाहरू रहेको हुर्दा ,उहालाई नेत्रित्वमा पुर्याउदा यस क्षेत्रका व्यवसायीहरूको हकहित मा उहाको कार्यकाल एउटा कोसेढुङ्गा सावित हुने व्यवसायीहरु बताउछन् ।