वाणगंगा कपिलवस्तु ।
कपिलवस्तु उद्योग वाणिज्य संघ वाणगंगाको चुनावी सरगर्मी बढ्न थालेको छ । उद्योगी व्यवसायीहरुको छाता संगठनको रुपमा स्थापित संघको यहि माघ २३ गतेदेखि संघको १६ औं वार्षिक साधारणसभा तथा ८ औं अधिवेशन हुदैछ ।कपिलवस्तु उद्योग वाणिज्य संघमा स्थापनादेखि नै सकृय युवा व्यवसायी मोहन न्यौपानेको साझा उम्मेदवारको प्यानल सार्वजनिक भएको हो ।

९० प्रतिशत युवाहरु समेटी अध्यक्षका उम्मेदवार न्यौपानेको प्यानलमा सवै क्षेत्र, वर्ग समुदायको प्रतिनिधीत्व गराउदै साझा र समावेशी टिम निर्माण भएको छ ।उक्त उम्मेदवार घोषणा कार्यक्रममा न्यौपाने प्यानल बाट महासचिव पदमा बाणगंगा-८,का सबैभन्दा कान्छा सफल व्यवसायी मदन पाैडेलले उम्मेदारी दिनुभएको छ। उहाँ सानै उमेरमै व्यवसाय पेसा मा आवद्व हुँदै आउनुभएको र सफल व्यवसायी पनि हुनुहुन्छ । उहाँ धेरै समय उद्योग वाणिज्य संघ बाणगंगामा रहि आफ्नो कार्यकाल सफल पार्नुभएकाे छ ।उहाँ बाणगंगा -८ का स्थायि बासिन्दा पनि हुन्नुहुन्छ । उहाँले सम्पूर्णको साथ,समर्थन रहने बताउनु भयो ।