दाङ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका–५ सिसहनीयामा मोटरसाइकल र बोलेरो जीप ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

रोल्पाबाट घोराहीतर्फ जाँदै गरेको बा १८ च ८६१८ नम्बरको बोलेरो जीप र लमहीबाट भालुबाङतर्फ जाँदै गरेको लु ३२ प ७०१४ नम्बरको मोटरसाइकल शुक्रबार राती आपसमा ठोक्किदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सिसहनीयाले जानकारी दिएको छ ।

मृतकको पहिचान खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।