कपिलवस्तु ।
पहिलो पाईला नेपाल प्रस्तावित वाणगंगा शाखा को आयोजना र ब्लड डोनर सोसाईटी नेपाल को प्राबिधीक सहयोग मा  रक्तदान नै जीवन दान भन्ने मूल मन्त्र का साथ मेची -महाकाली रक्तदान सम्बन्धित उत्प्रेरणा कार्यक्रम लुम्बिनी भिजन कलेज बाणगंगा ३ गंगौलिमा मा सम्पन्न भएको छ।

पहिलो पाइला नेपाल प्रस्तावित बाणगंगा शाखा संयोजक  शेष्कान्त मरासिनी  ज्युको अध्यक्षतामा भएको कार्यक्रममा  ब्लड डोनर सोसाइटी नेपाल का अध्यक्ष अर्जुन अधिकारी को प्रमुख आतिथ्यतामा ब्लड डोनर सोसाइटी नेपाल का महासचिव अन्जन दवाडी, सल्लाहकार बालचन्द्र पोख्रेल लुम्बिनी भिजन कलेजका CEO कृष्ण के.सि को विशिष्ट आतिथ्यता  रहेको थियो ।

संस्थाका शाखा संयोजक  शेष्कान्त मरासिनी  ले पहिलो पाइला नेपाल एक निस्वार्थ रुपमा समाज लाई केही गर्न सकिन्छ कि भन्ने उदेश्य ले स्थापित सामाजिक सस्था हो । पहिलो पाइला नेपाल बाणगंगाले छोटो समयमै ट्राफिक सचेतना ,  शिक्षा , स्वास्थ्य , सरसफाइ तथा मानवसेवा का क्षेत्रमा काम गर्दै आएको र आज रगतको अभावमा कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भन्दै रक्तदान सम्बन्धि उतप्रेरणा कार्यक्रम गर्न लागिएको बाताउदै कार्यक्रम मा उपस्थित सम्पुर्ण लाई धन्यवाद ज्ञापन गरेका थिए ।

पहिलो पाइला नेपाल वाणगंगा शाखा सदस्य बिनोद गैरेको संयोजकत्वमा  उक्त कार्यक्रम  भएको थियो।