नेपाल किसान ट्रयाक्टर समितिको नवौं अधिवेशनबाट निर्वाचित समितिले शपथ तथा पदभार ग्रहण गरेको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका ८ पुल्चोक स्थित नेपाल किसान ट्रयाक्टर समितिको नवौं अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुले शपथ ग्रहण गरेका हुन् भने निवर्तमान समितिले नवनिर्वाचित समितिले पद हस्तान्त्रण गरेको हो

केहि दिन अघि सम्पन्न अधिवेशनले अध्यक्षमा झविन्द्र खनाल, निवर्तमान उपाध्यक्षमा शंकर प्रसाद पौडेल, बरिष्ठ उपाध्यक्षमा बेचन यादव, उपाध्यक्षमा संक्रान्ती थारु, हरि प्रसाद श्रेष्ठ र प्रेमचन्द्र पोख्रेल, महासचिवमा बिष्णु गिरी, सचिवमा चन्द्रमणि भण्डारी, कोषाध्यक्षमा मिलन श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा कृष्ण प्रसाद गैरे, ऋषिराम सापकोटा, नारायण कंडेल, गोपाल सिंह बेल्बासे, चन्द्र बहादुर बि.क.लगायत सर्वसम्मत रुपमा निर्वाचित भएको निर्वाचन मण्डल संयोजक ओम प्रकाश अर्यालले लुम्बिनी दर्पणलाई जानकारी दिनुभयो ।

निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण पत्र समेत प्रदान गरिएको छ । कार्यक्रममा पुर्व पदाधिकारी, सल्लाहकार लगायतको उपस्थिती रहेको थियो ।

निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण पत्र समेत प्रदान गरिएको छ । कार्यक्रममा पुर्व पदाधिकारी, सल्लाहकार लगायतको उपस्थिती रहेको थियो ।

शपथ ग्रहण गरेसंगै नवनिर्वाचित अध्यक्ष खनालले आफुलाई सर्वसम्मत रुपमा अध्यक्षको जिम्मेवारी प्रदान गर्न सहयोग गर्ने निर्वाचन मण्डल, निवर्तमान समिति, ट्रयाक्टर व्यवसायी तथा सम्पुर्ण शुभेच्छुकलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले सबै ट्रयाक्टर व्यवसायीलाई समावेश गरि संस्थालाई अझ सशक्त रुपमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।कार्यक्रममा निर्वाचन मण्डल, पुर्व पदाधिकारी, संस्थाका सहयोगी लगायतलाई सम्मान पनि गरिएको छ ।