लुम्बिनी ।

विश्व शान्तिको कामना गर्दै लुम्बिनीमा मोन्लय पूजा सुरु भएको छ । ५ दिनसम्म सञ्चालन हुने पूजामा प्रकृति र सबै प्राणी जगतको भलो र शुभ होस् भन्दै लुम्बिनी स्थित मायादेवी मन्दिरमा पूजाआजा थालिएको हो ।

महागुरु बुमटस्क फर वर्ल्ड पिसको आयोजनामा भएको पूजामा प्रख्यात रिम्पोछेहरु छोग्न्यी रिपोन्छे, टुङगो कर्मा साङम्बो रिपोन्छे र खान्डो छिरिङमा रिपोन्छे सहभागी छन् ।

महायानी संप्रदायका लुम्बिनी स्थित विभिन्न गुम्बाहरुका लामा र आनी सहभागी छन् । कोभिड संक्रमणपछिको ठूलो धार्मिक र शान्तिको गतिबिधि हुँदा पर्यटन क्षेत्र चलायमान बनेको छ । पुजाको शुभारम्भ लुम्बिनी विकास कोष उपाध्यक्ष ल्हारक्याल लामाले गरेका थिए ।

भगवान बुद्धका उपदेश पाठ गर्दै बोद्धिसत्व र विश्व शान्तिको कामना गरी गरिएको पुजाको महायान परम्परामा निकै ठूलो महत्त्व छ । लुम्बिनीमा आयोजना हुने यस्ता पूजाले लुम्बिनीमा धार्मिक पर्यटकहरु आर्कषित हुने हुँदा कोषले मोन्लम जस्ता पूजालाई नीतिगत रुपमा प्रोत्साहन गरेको कोष उपाधक्ष लामाले बताए । यसले बुद्धका उपदेश र सन्देश ब्यापक बनाउन सहयोग पुग्ने उनले बताए ।