कपिलवस्तु ।उद्योग व्यापार संघ , कपिलवस्तुले कपिलमुनि बैदिक संस्कृत बिद्यापिठ गुरुकुलमका वटुकहरुलाई शैक्षिक सामाग्री हस्तान्त्रण गरेको छ । ७२ औं अन्तराष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा २१ जना वटुकहरुलाई शैक्षिक सामाग्रीहरु २१ दर्जन कपी , डटपेन र साफि एरिएलको तर्फबाट गाए छाप ब्राण्डको सरफ हस्तान्त्रण गरिएको उद्योग व्यापार संघ , कपिलवस्तुले जानकारी दिएको छ ।यस धार्मिक स्थल र क्षेत्रको समग्र संमृद्धिको लागि उद्योग व्यापार , संघ कपिलवस्तुको पनि साथ सहयोग रहने छ भन्ने उद्देश्यले कार्यक्रमको आयोजना यस धार्मिक स्थालमा गरिएको उद्योग व्यापार संघ , कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल ९कोपिल० ले जानकारी दिनुभयो ।


कपिल आरोग्य मन्दिर कपिलधाममा अनेकौ देवदेवताहरु ऋषि महर्षिहरुले तप र ध्यानबाट ज्ञान प्राप्त गरेर संसारभरि फैलिएको भन्ने ईतिहाँसले बताउँदै आईरहेको छ भन्ने बिषयमा प्रचारप्रसार गरि बिश्व सामु पुराउन सके कपिलवस्तुको संमृद्धिमा टेवा पुग्ने संघका अध्यक्ष पौडेलले बताउनु भयो । यस अवसरमा गुरुकुलममा रहेका बटुकहरुलाई शैक्षिक सामाग्री प्रदान गर्ने र याहाँको बिषयको बारेमा थप जानकारी लिन पाउँदा खुशी व्यक्त गर्दै यस क्षेत्रको प्रचारप्रसारमा संघको साथ सहयोग रहने बताउनु भयो ।यस्तै कपिलधाममा अध्यक्ष शंकर आचार्यले यस पवित्र स्थलमा ऋषि महर्षिहरुले तपस्या गरेको , घुमफिर गरेको , तप ध्यान र योग गरेको पुण्यभूमि स्थल भएको बताउनु भयो । कपिलधाम कपिलबस्तु जिल्लाको ऐतिहासिक पुरातात्विक महत्वको हिसावले कपिलधामलाई धार्मिक पर्यटन प्रबर्धनको धरोहरका रुपमा मानिन्छ ।


शाख्य दर्शनका प्रणयता , महर्षि कपिलमुनिको तपोभूमि , शान्तीका प्रतिक भगवान गौतम बुद्धको गृहनगर लगाएत थुप्रै ऐतिहासिक पुरातात्विक स्थलको खुल्ला संग्रालयको रुपमा स्थापित रहेको हुँदा यस क्षेत्रको प्रचारप्रसारको लागि तिनैतहका सरकार , बिभिन्न संघ संस्था , समाजसेवी बुद्धिजिवि सबै लाग्न आवश्यक भएको बताउनु भयो ।यस्तै कपिल प्रज्ञा पुस्तकालय संचालन, लुम्बिनी प्रदेश स्तरिय वागमय , तिलौराकोट र लुम्बिनीसंग जोडन् बुद्धबिहार संचालन र साहित्यतिर्थको रुपमा यसधामलाई लिईएको छ भने आदिकवी कवि भानुभक्त , लेखनाथ लगाएतका २३ वटा सालिकहरु स्थापना गरिएको आचार्यले जानकारी दिनुभयो । उद्योग व्यापार संघ , कपिलवस्तु आज यस क्षेत्रमा प्रवेस गर्दा यस क्षेत्रमा आमाको आगमन भएको महसुस भएको भन्दै उद्योग व्यापार संघ , कपिलवस्तुलाई धन्यवाद दिनुभयो । कार्यक्रममा गुरुकुलम्का वटुकहरुले स्वस्तीक वाचनबाट संघका पदाधिकारीहरुलाई स्वागत गरेका थिए ।दिवसको अवसर पारेर बिभिन्न रचनात्मक कार्यहरु संचालन गर्दै आएको उद्योग व्यापार संघ , कपिलवस्तुले ७२ औं अन्तराष्ट्रिय भन्सार दिवसको अवसरमा बिद्यापिठका वटुकहरुलाई शैक्षिक सामाग्री प्रदान गरि फरक कार्य गरिएको उद्योग व्यापार संघ , कपिलवस्तुका अध्यक्ष पौडेलले जानकारी दिनुभयो । कार्यक्रममा कुरुकुलम्का अध्यक्ष शिवचन्द्र आचार्य , उद्योग व्यापार संघ , कपिलवस्तुका पदाधिकारीहरुको उपस्थित रहेको थियो ।