बुटवल ।

अत्याधिक जाडो बढेपछि बुटवल उपमहानगरपालिकाले ३ दिन विद्यालयलाई जाडो विदा दिने भएको छ ।

उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले एक सूचना जारी गरि उपमहानगर भित्रका सबै विद्यालयमा माघ ७ गतेदेखि ९ गतेसम्म विदा दिने बताएका हुन् ।

यस उपमहानगरपालिका अन्तर्गत संचालित सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरुमा गरिने जाडो बिदा सम्वन्धमा यस उपमहानगरपालिकाको मिति २०८०-१०-०५ को निर्णयानुसार अत्यन्तै जाडो बढेको कारण यस उपमहानगरपालिका अन्तर्गत संचालित सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरुमा मिति २०८०-१-र०७ गतेदेखि मिति २०८०-१०-०९ गते तिन दिनसम्मको लागि जाडो बिदा (हिउदे बिदा) गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।( सूचनामा भनिएको छ ।