कपिलवस्तु, पुष २८

शिव पार्वती खानेपानी उपभोक्ता तथा सरसफाई समिति बाणगंगा ८ मधुवनको चौथो बार्षिक साधारण सभा सम्पन्न गरिएको छ ।वाणगंगा नगरपालिका वडा नं.८ का बडाअध्यक्ष बाबुराम अर्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि अर्यालले यस क्षेत्रका खानेपानीका उपभोक्ताहरुलाई नियमित खानेपानीको ब्यवस्थापन गर्नुपर्ने बताउनु भयो । पछिल्लो समयमा शिव पार्वती खानेपानीले वितरण गर्दै आइरहेको खानेपानीमा केही जनगुनासाहरु आइरहेको कुरालाइ इङ्कित गर्दै पानीलाई शुद्धीकरण गर्ने तर्फ समितीले ध्यान दिनु पर्ने बताउनु भयो । उहाँले सफा पानी खान र खुवाउनका लागि सबै सरोकार वालाहरुले जिम्मेवार पुर्ण ढंग प्रस्तुत हुन समेत आग्रह गर्नु भयो ।

कार्यक्रमका विशिष्ट अतिथिको रुपमा जिल्ला खानेपानी तथा सरसफाई महासंघका जिल्ला अध्यक्ष राजेन्द्र विक्रम शाहले खानेपानी मानिसको जिवन संग जति सम्बन्धित छ त्यति नै मानिसको जिवन सरसफाई संग सम्बन्धित भएको हुदा शिव पार्वती खानेपानीले उपभोक्ताको धारा सम्म स्वच्छ खानेपानी पुर्याएपनि त्यो पानीलाई स्वच्छ र सफा बनाउने उपभोक्ता माथि भर पर्ने कुरामाथि जोड दिुनभयो । कार्यक्रममा टोल विकास समितिका अध्यक्ष युवराज आर्चाय,मालिका खानेपानीका सचिव, मधुवन सामुदायिक वनका अध्यक्ष शान्त बिक्रम पौडेल लगाएतले मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रममा खानेपानी उपभोक्ता समितीका अध्यक्ष चक्र बहादुर भण्डारीले प्रगति प्रतिबेदन पेश गर्दै पक्की नाला व्यवस्थापन गरिएको, इ सेवाद्धारा बिल भुक्तानी गर्ने व्यवस्था गरिएको,कार्यलय व्यवस्थापन लगायतका धेरै काम भएको बताउनु भयो ।त्यसैगरी खानेपानी समितिका महासचिव जगन्नाथ भण्डारीले कार्यप्रगति प्रतिवेदन, खिमलाल खरेलले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजकले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

आर्थिक बर्ष २०७९।८० मा खानेपानीको जम्मा आम्दानी ३६ लाख ७७हजार तथा २९ लाख ५५ हजार ३ सय २० खर्च भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।सो अवसरमा शिर्व पार्वती खानेपानी समितीको विभिन्न पदाधिकारी कार्य गर्नुभएका दिवंगत परिवार,नियमित रुपमा खानेपानी महसुल बुझाउने असल उपभोक्ता, लगाएतलाई सम्मान गरेको थियो ।संघ संस्थाका प्रतिनिधि, कर्मचारी, पत्रकार तथा उपभोक्ताहरुको उपस्थिती रहेको कार्यक्रमा समितिका सचिव टकं जि.सि.को स्वागत तथा महासचिव जगन्नाथ भण्डारीको सञ्चालनमा सम्पन्न भएको हो ।