काठमाडौं ।

भारतको उत्तर प्रदेशमा निसास्सिएर पाँच बालबालिकाको मृत्यु भएको छ।

अमरोहा जिल्लाको एउटा गाउँमा गएराति निसास्सिएर उनीहरूको मृत्यु भएको भारतीय सञ्चारमाध्यम एन आइले जनाएको छ।

मृत्यु हुनेमा दुई बालक र तीन बालिका रहेका छन्। कोठामा कोइला बालेर एउटै कोठामा सात जना सुतिरहेका थिए।

कोठामा अक्सिजनको अभाव भएर उनीहरूको मृत्यु भएको भारतीय प्रहरीको अनुमान छ। गम्भीर अवस्थामा रहेका दुई जनालाई उपचारका लागि अस्पताल लगिएकोछ।

प्रहरीले थप अनुसन्धान गरिरहेको छ।