दाङ ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा नेकपा ९एमाले० बाट तुलसा केसी र झेविन्द्रबहादुर घर्ती क्षेत्रीले उम्मेदवारी दर्ता गराएका छन् ।

दाङनिवासी एमाले नेता केसीले महिला सिट र पाल्पानिवासी क्षेत्रीले अन्यबाट उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिए ।

एमालेका नेता तथा कार्यकर्ताहरुको साथमा घोराही उपमहानगरपालिका १५ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर केसी र घर्तीले उम्मेदवारी दर्ता गराएका हुन् ।

केसीको प्रस्तावकमा घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरी र समर्थकमा लुम्बिनी प्रदेशसभा सदस्य सीता शर्मा चौधरी रहेकी छिन्, भने घर्तीको प्रस्तावकमा लुम्बिनी प्रदेशसभा सदस्य गिरिधारीलाल न्यौपाने र समर्थकमा लुम्बिनी प्रदेशसभा सदस्य तुलसीप्रसाद चौधरी रहेका छन् ।