काठमाडौं ।

काठमाडौं जिल्ला अदालत परिसरबाट एकजना थुनुवा भएका रहेका छन्। बुधबार दिउँसो ती थुनुवा बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी परिसरका एसपी कुमोध ढुंगेलले ठगी मुद्दाका थुनुवा विमल खड्का हत्कडीसहित बेपत्ता भएको जानकारी गराए ।

उनका अनुसार फरार थुनुवाबारे खोजिकार्य भइरहेको छ।