दाङ ।

बसको ठक्करबाट दाङमा एक बालकको ज्यान गएको छ । बसले ठक्करबाट तुलसीपुर उपमहानगरपालिका–१७ का आठ वर्षीय उत्तम चौधरीको ज्यान गएको हो ।

आज सोमवार दिउँसो तुलसीपुरबाट घोराही जाँदै गरेको भे १ ख ३६९७ नम्बरको बसले ठक्कर दिँदा विद्यालयबाट घर फर्किरहेका चौधरीलाई ठक्कर दिएको थियो । चौधरी जनकल्याण माविका कक्षा तीनमा अध्ययनरत थिए ।

बसको ठक्करबाट विद्यार्थीको ज्यान गएपछि मृतकका आफन्त र विद्यार्थीहरूले गाडी तोडफोड गरेका छन् ।