काठमाडौं

बाँकेको नेपालगञ्जमा स्कर्पियोले ठक्कर दिँदा दुई पैदल यात्रीको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्।

नेपालगञ्ज–१८ मा सोमबार बिहान सूप ०१००१ च ६४६३ नम्बरको स्कर्पियोले ठक्क दिँदा २४ वर्षीया आस्था साह र पहिचान नखुलेका करिब ३० वर्षीय युवकको मृत्यु भएको हो। २५ वर्षीया सहाना साह घाइते भएकी छिन्। नेपालगञ्ज मेडिकल कलेजमा उनको उपचार भइरहेको बाँके प्रहरीले जानकारी गराएको छ।

ठक्कर दिने स्कर्पियोका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।