रुपन्देही ।

रुपन्देहीको मर्चवारी गाउँपालिका–१ इस्लामपुरमा एक बालिकाको शव फेला परेको छ । हिजो शुक्रवारदेखि हराइरहेकी सात वर्षीया नन्दनी कुर्मीको शव फेला परेको प्रहरीले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मनोहर भट्टले कुर्मीको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिए ।

हत्यामा संलग्न रहेको आशङ्कमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भट्टले बताए ।