काठमाडौं ।

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार दुर्घटनामा मृत्यु भएकाहरुके विवरण यसप्रकार छन् ।

रूपन्देही । सैनामैना नगरपालिका(६ दुधराक्षस्थित सडकमा लु।७७ प ४९५३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७६ वर्षीया खिमकला घिमिरेको सोमबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

झापा । कनकाई नगरपालिका(४ कोटिहोमस्थित सडकमा प्र।१(०१(०१३ प ३९६६ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही नगरपालिका(४ बस्ने ६५ वर्षीय कर्ण बहादुर रायको सोमबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

कैलाली । कैलारी गाउँपालिका(७ बर्का बसन्तास्थित सडकमा बा।८१ प ४२९८ नम्बर र से।५ प ४७७४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार साँझ दुर्घटना हुँदा बा।८१ प ४२९८ नम्बरको मोटरसाइकल चालक सोही ठाउँ बस्ने २८ वर्षीय शिसिर चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशीक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा गम्भीर घाइते भएका से।५ प ४७७४ नम्बरको मोटरसाइकल चालकलाई थप उपचारको लागि निसर्ग अस्पताल धनगढी पठाइएको छ ।

पर्वत । कुश्मा नगरपालिका(८ चुवा चाईना चोकमा ग।२१ प ९५ नम्बरको स्कुटर सोमबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका(१३ खौला बस्ने २८ वर्षीय सागर कार्कीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।

चितवन । भरतपुर महानगरपालिका(४ यज्ञपुरी चोकमा बा।प्र(०६(००२ प २०७३ नम्बरको मोटरसाइकल र बा।१९ च ३४६४ नम्बरको बोलेरो एकआपसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही महानगरपालिका(१२ गोन्द्राङ बस्ने २१ वर्षीय राम कृष्ण थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।