बाणगंगा ।

बाणगंगा वेलफेयर सोसाइटीको आयोजनामा मंसिर २१ गतदेखि सुरु भएको १४ औं कपिलवस्तु महोत्सव एवम् कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीले बाणगंगाको बुद्धरंगशाला झनपछि झन तातिदै गएको छ ।

आगामी पुष १ गतेसम्म सञ्चालन हुने महोत्सवको छैठौं दिन २६ गते मंगलबार  चर्चित गायिका शान्तिश्री परियार, रचना रिमाल, अलिफ खान, नारायण विपी परियार लगायत स्थानीय कलाकारहरु र १२ औं कपिलवस्तु डान्स आइडलको बेजोड प्रस्तुती रहने महोत्सवका संयोजक राजकुमार खाँणले जानकारी दिए ।

१४ औं कफिलवस्तु महोत्सवका आकर्षकहरु 

१२ औैं कपिलवस्तु डान्स आइडल, चर्चित स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती, स्थानीय कृषि उत्पादन, घरेलु तथा साना उद्योगको प्रदर्शनी, मुक्तिनाथ मन्दिरको गेट र भिडियो जोन, वक्तृत्वकला प्रतियोगिता, आइटी तथा अटो क्षेत्रको प्रदर्शनी, बाल उद्यान, लुम्बिनीमा रहेको शान्ति दीप, विभिन्न झाँकी प्रदर्शनी तथा अन्य आकर्षकहरु महोत्सवका प्रमुख आकर्षकहरु हुन ।