कैलाली ।

कैलालीको भजनी नगरपालिका–५ लालबोजीमा मोटरसाइकल दुर्घटनामा परेर चालकको मृत्यु भएको छ । जिल्लाको  सु.प.प्र.०१०१२ प ९४५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेर सोही ठाउँ बस्ने २२ वर्षीय रामबहादुर साउदको मृत्यु भएको प्रहरीले जनाएको छ।

सोमबार दिउँसो मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा उपचारका क्रममा मृत्यु भएको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको बताएको छ ।