काठमाडौं ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्व उपप्रधानमन्त्री समेत रहेका एमाले नेता टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डे तथा तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा। इन्द्रजित राईसहित नौ जना थुनामै रहने भएका छन् ।

जिल्ला अदालतविरुद्ध उच्च अदालतमा गएका उनीहरुको हकमा यस्तो आदेश आएको हो ।‘घटना विवरण कागज समेतका तत्काल प्राप्त प्रमाणहरुका आधारमा यी निवेदक प्रतिवादीहरु टेकनारायण पाण्डे, डा। इन्द्रजित राई, टोपबहादुर रायमाझी, केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, विक्रम भन्ने गोविन्दकुमार चौधरी, शन्देश शर्मा, आङटावा शेर्पालाई मुद्दा पर्पक्षका निम्ति थुनामा राख्नेगरी भएको तहाँ अदालतको मिति २०८० असार १ को आदेश मिलको नै देखिँदा परिवर्तन गरिरहनु परेन । कानुन बमोजिम गर्नु’, उच्च अदालत पाटनको आदेशमा भनिएको छ ।

यस्तै उच्च अदालत पाटनले नक्कली भुटानी शरणर्थी प्रकरणमा सन्देश शर्मालाई  १० लाख धरौटीमा छोड्ने आदेश दिएको छ । जिल्ला अदालतविरुद्ध उच्च अदालत गएका शर्मासहितको सुनुवाइ सकेर उच्च अदालतले शुक्रबार यस्तो आदेश गरेको हो । 

त्यस्तै उच्च अदालतले हरिभक्त महर्जनसँग १५ लाख धरौट माग गरेको छ भने लक्ष्मी महर्जनको हकमा साधरण तारेखमा राख्न आदेश दिएको छ ।