काठमाण्डौ ।
मुगुको छायाँनाथ रारा नगरपालिका–६ को मन्दु गाउँमा एकै परिवारका चार जनाको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई सार्वजनिक गरेको छ । आज शुक्रवार पत्रकार सम्मेलन गरेर मुगु प्रहरीले उनीहरूलाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा छायाँनाथ रारा–७ पिना घर भई अहिले बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानी बस्ने गोर्खराज शाही छायाँनाथ–६ मन्दुका गोपालबहादुर बोहोरा रहेका छन् । हत्याको मुख्य योजनाकार गोपालले गोर्खराजलाई भेटेर मृतकसँग १०र१२ तोला सुन र नगद भएकोले लुटपाट गर्ने सल्लाह गरेका र त्यहीअनुसार घटना भएको पाइएको प्रहरीले जनाएको छ ।
गोपालले मृतकका श्रीमान् दीपक बोहरालाई कतारमा रहेको कम्पनीमा आफूलाई भिसा पठाइदिन आग्रह गरेकोमा दीपकले अस्वीकार गरेको रिसइबीका कारण परिवारको हत्या गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।
यही कात्तिक ८ गते घरमै २६ वर्षकी श्रीदेवी बोहरा र उहाँका ११ वर्षीय छोरा मनोज‚ छ महिनाका छोरा रहर र सात वर्षकी छोरी अप्सराको शव भेटिएको थियो ।