कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिका १ बैरियाबाट ३३ किलो मिसावटयुक्त घिउ सहित १ भारतिय नागरिक पक्रउ परेका छन ।
मंगलबार बिहान विशेष सुचानाको आधारमा लामो समयदेखि मिसावटयुक्त घिउ बेच्दै आएका ३४ वर्षिय रनजन सहनीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पिपराका प्रमुख गोपाल जङ्ग रायमाझीले सङ्ग बताउनु भएको छ ।
प्रहरीले उनले मिसावटयुक्त घिउ बनाउने ठाउँ बाट ३३ किलो मिसावट घिउ सहित डाल्डाका खाली ड्रम पनि बरामद गरेको जनाएको छ । उक्त बरामद गरिएको घिउ परिक्षण गर्ने तयारी भैरहेको प्रमुख रायमाझीले बताउनु भयो । उनको भारतको विहारमा घर भएपनि लामो समयदेखि यहि ठाउँमा मिसावटयुक्त घिउ बेच्ने गरेको स्रोतले जनाएको छ ।