धनगढीबाट बाजुरा जाँदै गरेको जिप डोटीमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएको छन् ।
आइतबार राति साढे २ बजेको समयमा शिखर नगरपालिका-६ को अण्यौलस्थित केआई सिंह राजमार्गमा ग२च २७७६ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो । दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
मृत्यु हुनेमा बाजुराको हिमाली गाउँपालिका-५ बस्ने २२ वर्षीया राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा, उनका ६ वर्षीय छोरा कबिन्द्र बुढा र सोही ठाउँ बस्ने विमला मलालकि ८ महिना की छोरी प्रार्थना रहेका छन् । बिमला मलाल गम्भीर घाइते छिन् ।
गाडीका चालक बाजुराको गौमुल गाउँपालिका-४ काडाकोटका २९ वर्षीय महेश बुढालाई नियन्त्रणमा लिएर दुर्घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।