बुटवल ।
बुटवल प्रहरीले साढे ३ लाख रुपैयाँ बराबरका पटाकासहित एक जनालाई पक्राउ गरेको छ । ३ लाख ३७ हजार ९ सय ८१ बराबरको पटाकासहित बुटवल-५ का २१ वर्षीय सुरज गुप्तालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी दानबहादुर थापाले जानकारी दिए ।
उनका अनुसार बिक्रीका लागि बुटवल-६ सुन्दरनगरमा सुरज गुप्ताको घरमा भण्डार गरेर राखिएको पटाका बरामद गरिएको हो ।
पक्राउ परेका गुप्तामाथि थप अनुसन्धान भइरहेको डीएसपी थापाले बताए ।